
सुमन दाहाल
हेटौँडा,२२ माघ,
नेपाल सरकारका सिंचाई मन्त्री सञ्जय गौतमले नेपाली कांग्रेस शसक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन् । दिब्यतारा बहुउदेश्य सहकारी सस्थाको २० औँ वार्षिकोत्सवको अवसमारमा आज हेटौँडामा भएको सामुदायिक सम्मान कार्यक्रममा बोल्दै मन्त्री गौतमले नेपाली कांग्रेस चाँडोभन्दा चाँडो वाम गठवन्धनले सरकार बनाएको हेर्न चाहेको बताए ।
अव देश स्थिर सरकारद्वारा सञ्चालन हुनुपर्ने भन्दै उनले वाम गठवन्धन मिलेको हेर्न चाहेको उल्लेख गरे । उनले वाम गठवन्धन मिलेको अवस्थामा आफुहरु लोकतान्त्रीक गठवन्धन पनि मिलेर शसक्त रचनात्मक प्रतिपक्षको भुमिका गर्न तयार रहेको बताए ।
कार्यक्रममा उनले सकारीको माध्यमबाट देशको अर्थिक उन्नती गर्न सकिने दाबी गरे । सहरकारीले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने गरेको भन्दै उनले सहकारीले देश विकासको लागि थप टेवा दिनुपर्ने बताए ।
देश अव आर्थिक सम्बृद्धिको लागि तयार रहेको भन्दै उनले अव बन्ने सरकारले सबैको अस्तित्वलाई स्विकार गर्दै देश निर्माणका जुटनुपर्ने बताए ।
कार्यक्रममा दिब्यतारा बहुउदेश्य सहकारी सस्थाकी अध्यक्ष डिना उपाध्ययको अध्यक्षता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।