
सामसुङले एस सेरिजको नयाँ प्रिमियम स्मार्टफोन ‘ग्यालेक्सी एस ९’ यसै महिना सार्वजनिक गर्ने भएको छ ।
सामसुङले हरेक बर्ष फेब्रुअरीमा एस सेरिजका स्मार्टफोन सार्वजनिक गर्दै आएकोमा यसपटक ग्यालेक्सी एस ८ को अपग्रेडेड भर्सन एस ९ सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले मिडिया हाउसहरुमा पठाएको निमन्त्रणा पत्रमा ‘९’ उल्लेख गरिएको छ, जसले गर्दा सहज अनुमान गर्न सकिन्छ कि उसले ‘ग्यालेक्सी एस ९’ सार्वजनिक गर्दै छ । यद्यपी कम्पनीले यसको नामबारे आधिकारिक रुपमा बताएको छैन ।
तर, हालै सार्वजनिक भएको एक भिडियोमा यसको रिलिज डेट, यसका फिचर र फोनको साइजबारे उल्लेख गरिएको छ ।
उक्त भिडियो अनुसार फेब्रुअरी २५ तारिखमा नयाँ फोन सार्वजनिक हुँदै छ । स्पेनको बार्सिलोमा हुने मोवाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्न लागेको हो ।
तर यो ग्राहकको हातमा कहिले आइपुग्छ भन्ने यकिन छैन । यद्यपी मार्च १ देखि अग्रिम बुकिङ खुला हुने र मार्चको मध्यदेखि ग्राहकको हातमा पुग्ने सञ्चारमाध्यमहरुको दावी छ ।
यस्ता हुनेछन् फिचर
ग्यालेक्सी एस ९ मा डिस्प्ले साइज ५।८ इन्च रहेको छ भने र्याम ४ जिबी, स्टोरेज ६४ र १२८ जिबीमा उपलब्ध छ । फ्रन्ट क्यामेरा ८ मेगापिक्सेल र रियर क्यामेरा १२ मेगा पिक्सलको रहने छ । यसमा वायरलेस चार्जिङ, वाटरप्रुफ र फिंगर प्रिन्ट स्क्यानर जस्ता बिशेषता पनि छन् ।यसको अनुमानित मूल्य ७२५ अमेरिकी डलर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।