हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ मा रहेको सहिद स्मारकमा अवस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै, प्रतिनि तथा प्रदेशसभाका सांसद, विभिन्न राजनीतिक दलका नेता तथा आम सर्वसाधरण तस्बिर : खबरब्रेक

हेटौँडा,१६ माघ,
सहिद दिवसको अवसरमा आज हेटौँडामा रहेको सहिद स्मारकको सहिद स्तम्भमा माल्यार्पण गरिएको छ ।

प्रतिनिधिसभा सांसदहरु कृष्णप्रसाद दाहाल, बिरोध खतिवडा, प्रदेश नंबर ३ का सभामुख डोरमणी पौडेल, सांसदहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओम घलान, जुनेली श्रेष्ठ सहितका मकवानपुर का विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सहिद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
कार्यक्रममा नेपाली सेना तथा नेपाल प्रहरीको एक टोलीले सहिद प्रति सलामी अर्पण समेत गरेको थियो ।

कार्यक्रमको अवसरमा सहिद स्मारकको गेटबाट स्मारक स्थलसम्म प्रभातफेरी समेत गरिएको थियो ।