धर्मेन्द्र दाहाल

हेटौँडा,१६ माघ,

प्रदेश नंबर ३ का प्रदेशसभा सचिवालय सचिव रोजनाथ पाण्डेले माघ १८ गते हुने प्रदेश नंबर ३ को पहिलो प्रदेशसभा बैठकको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

केहि नितिगत समस्याको कारण काममा समस्या भएको भएपनि आज र भोलीमा सबै भौतिक पुर्वाधार सहितको अन्य तयारी सम्पन्न हुने बताए ।

खबरब्रेकसँग कुरा गर्दै सचिव पाण्डेले १८ गतेको बैठकमा मुख्यगरि ३ वटा एजेण्डाहरु रहेको बताए । पहिलो एजेण्डाको रुपमा प्रदेश प्रमुखले संसद बैठकको लागि आव्हान गरेको पत्र पढने, दोश्रोमा प्रदेशसभा सञ्चालनको लागि कार्यविधि बनाउने विषय रहने र तेश्रोमा प्रदेश सभामुख निर्वाचनको मिति घोषणा गरिने रहेको उनले बताए ।

त्यसबाहेक माघ १७ गते हुने सर्वदलीय बैठकले पास गरेका एजेण्डाहरु समेत रहने उनको भनाई रहेको छ । प्रदेशसभाको पहिलो बैठकलाई ऐतिहाँसिक र भब्य वनाउने विषयमा आफुहरुले नियमित काम गरेको भन्दै उनले भोली माघ १७ गते प्रदेशसभामा रहने कर्मचारीहरु सहितको सहभागितामा “डेमोस्ट्रेसन” गर्ने बताए ।

प्रदेशसभा सुरक्षाको लागि ३० जना मर्यादापालक सहितको तीनवटा सुरक्षा घेरा रहने पाण्डेको भनाई छ । पहिलो घेरामा शसस्त्र प्रहरी, दोश्रोमा वम डिस्पोजलको टोली तथा तेश्रोमा मर्यादा पालक रहनेछन् ।

बैठकको लागि सभामुखको कार्यकक्ष, सचिवको कार्यकक्ष, स्वास्थ्य इकाईको ब्यवस्थापन गरिसहेको बताउँदै उनले रोष्टम, सभामुखको आशनको ब्यवस्थापन गर्ने काम भैरहेको उनको भनाई रहेको छ ।