कार्यक्रमलाई संवोधन गर्दै भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा तस्बिर : खबरब्रेक

भीमफेदी , २०७४ माघ ९
सुरेन्द्र राज थीके

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले गाउँपालिका विकासको लागि जनप्रतिनिधिहरु सकारात्मक सपना देख्न जरुरी रहेको बताएका छन् । सामान्यत सपना सुतेका बेलामा राती देख्ने गरिन्छ उनले भने तर जनप्रतिनिधिहरुले दिउँदै ति सपना देख्नु पर्दछ र सो सपना कार्यान्वयनको लागि अघि बढनु पर्दछ ।

आज भीमफेदी गाउपालीका ले गाउँपालीकाले सञ्चालन गर्ने योजना हरुको नियमित,ब्यबस्थित,तथा पारदर्शि बनाउन भीमफेदी गाउँपालीकाको १ देखी ९ वडा तहमा र्निमाण उपभोत्ता पदाधिकारी बिच प्रशिक्षण तथा अभीमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष लामाले कार्यक्रम सम्पन्न गरेको छ । गाउँ संरचना बिकास भनेको पुल पुलेसा ताथ बाटोघाटो मात्र सोचमा नराखी आय स्तर बृद्धि,औसत आयु बृद्धि ,शिक्षामा पहुच तथा बाल मृत्यु दर न्युन गरी पोषण कार्यक्रमलाइ बढावा समेत भएको भएता । यस्ताखाले योजना बन्नु पर्ने भन्दै उनले जनप्रतिनिधिलाई सचेत समेत गराएका छन् ।

कार्यक्रममा सहजिकरणका लागी प्राबधिक इन्जिनियर ,सहायक इन्जिनियर जयराम चौलागाइ,लेखा सहजकिरण लेखापाल त्रिलोक थापा तथा योजना अध्याबधिक सम्बन्धि सहजकिरण गाउँपालीका योजना प्रमुख बद्रि सापकोटाले गरेका थिए ।