काठमाडौं, ९ माघ,
नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ । सोमबार अबेरसम्म एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले १३ उम्मेदवारको टुंगो लगाएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार प्रदेश नम्बर ७ बाट ४ जनाको नाम टुंगो लगाइएको छ । यस्तै प्रदेश नम्बर ५ बाट ५ जना र प्रदेश नम्बर ४ बाट ४ जनाको नाम टुंगो लगाइएको छ ।
यसअघि प्रतिनिधिसभाको उम्मेदवार दाबी गरेकी चर्चित गायिका कोमल ओलीलाई पनि एमालेले प्रदेश नम्बर ५ बाट राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश नम्बर ५ बाट उनीसहित रामलखन हरिजन -दलित, पश्चिम नवलपरासी, खिमलाल भट्टराई ९खुला०, रुपन्देही, मीना बुढा ९महिला०, रोल्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै प्रदेश नम्बर ७ बाट एमालेले कमला ओली ९महिला०, कैलाली, इन्दु कडेरिया बिष्ट ९ महिला०, कञ्चनपुर, शेरबहादुर कुँवर ९खुला०, अछाम र चक्रप्रसाद स्नेही ९दलित०, डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै प्रदेश नम्बर ६ बाट कविता बोगटी महिला, हुम्ला, । नन्दा शर्मा ९ महिला०, सुर्खेत, । नरपति लोहार ९दलित०, कालिकोट, भैरवसुन्दर श्रेष्ठ ९खुला०, जाजरकोट र ठगेन्द्र पुरी ९खुला० ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर १० गते मनोनयन गर्ने एमालेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।