हेटौँडा,८ माघ,
प्रदेश नंबर ३ को राजधानी हेटौँडामा प्रदेश सांसदहरुले सपथ ग्रहण गरेपछि अब मन्त्री मण्डलबारे चर्चा सुरु भएको छ । प्रदेश नंबर ३ मा बढीमा २२ जनासम्म मन्त्री बनाउन मिल्ने संविधानमा ब्यवस्था छ ।

वाम गठवन्धनको बर्चश्व अझ एमाले एक्लैको बहुमत रहेको यो प्रदेशको मन्त्री मण्डलमा राजधानी समेत रहेको मकवानपुरका सांसदहरु अटाउलान त भन्ने प्रश्न अहिले चर्चाको शिखरमा छ । मकवानपुरबाट हालसम्म कुनैपनि कम्युनिष्ट सांसदले मन्त्री बन्ने मौका पाएका छैनन् ।

तर मुलुक अहिले संघिय ब्यवस्थामा गैसकेकोले अब १३ वटा मात्र जिल्ला रहेको प्रदेशमा भने २२ सदस्यीय मन्त्री मण्डलमा मकवानपुरको अटाउने संभावना भने उच्च रहेको छ । तर मन्त्री को बन्छन भन्ने विषय चैँ महत्वपूर्ण ढंगबाट हेरिएको छ ।

मकवानपुरबाट प्रतक्ष्यमा बिजयी भएकाहरुनै मन्त्री बन्ने संभावना बढी रहेको दाबी गरिएको छ । वाम गठवन्धनको एमालेबाट एकमात्र सांसद विजयी भएका छन् । उनी हुन हाल प्रदेश नंबर ३ का जेष्ठ सांसद तथा सभामुख डोरमणी पौडेल । दुई पटक हेटौँडाका मेयर भैसकेका पौडेल यो पटक मन्त्री बन्ने लगभग निश्चित रहेको श्रोतको भनाई छ । नगर विकास गरेर देशभरी नाम कमाएका पौडेललाई सभामुख बन्ने समेत अवसर आएको समेत जनाईएको छ । अब पौडेल मन्त्री बन्ने या सभामुख बन्ने भन्ने विषय उनको रोजाईको विषय हुने बताईएको छ ।

एमालेको स्पष्ठ बहुमत भएपछि वाम गठवन्धनको र पार्टी एकता समेत हुने भएकोले यो प्रदेशमा माओवादीका नेताहरु पनि सरकारमा सामेल हुनेछन् । माओवादी केन्द्रको तर्फबाट मकवानपुरमा दुईजना नेताहरुले प्रदेशमा प्रतक्ष तर्फ सांसद जितेका छन् । जिल्ला अध्यक्ष समेत रहेका प्रेमबहादुर पुलामी तथा नेतृ कुमारी मोक्तानले प्रतक्ष्यमा विजयी हाँसिल गरेका हुन् । पुलामी र मोक्तान पनि मन्त्रीको बलियो दाबेदार मानिएको छ ।

तामाङ वाहुल्य क्षेत्र भएको फाईदा मोक्तानलाई छ भने प्रचण्डसँगको निकटताको फाईदा पुलामीलाई छ । दुई मध्ये एकजना मन्त्री बन्ने लगभग निश्चित रहेको छ ।