एजेन्सी । साथीहरुको तस्वीरदेखि लिएर कार्यालयका जरुरी फोन नम्बरमात्र नभै विभिन्न अकाउन्ट सम्बन्धी जानकारीले गर्दा मोबाइल मानिसको गोजीको रकेट बनिरहेको छ ।
मोबाइल सुरक्षित होस् र यसमा भएका डाटाहरु ह्याकरको हातमा नपुगुन् भन्ने चाहना सबैको हुन्छ । तर कहिलेकाहीँ तपाइँले थाहा नपाइकनै मोबाइल ह्याकरको पञ्जामा पुगिसकेको हुनसक्छ । यी संकेतहरु मोबाइलमा पाएमा मोबाइल कसैले ह्याक गर्दैछ ।
फोन तात्नुः फोन चलाउने बेलामा सधैभन्दा धेरै नै तातेको महसूस भएकोमा अमेरिकी इन्टेल कम्प्नीका विज्ञ भन्छन्, ‘फोनको ब्याकग्राउण्डमा कुनै मालवेयर प्रोग्राम चलिरहेको कारणले पनि यस्तो हुनसक्छ ।’ अर्थात् फोनमा ह्याकरले भाइरसद्धारा आक्रमण गरेको अवस्थामा फोन बढि तात्दछ ।
फोन स्पीडः फोनको स्पीड सामान्य भन्दा पनि निकै कम भयो र फोन ह्यांग भइरह्यो भने यसमा कुनै भाइरस वा मालवेयर छिरेको हुनसक्छ । म्यालिसियल प्रोग्राम अर्थात् यस्तो सफ्टवेयर प्रोग्राम जसले फोनको पर्फमेन्स तथा प्रयोगकर्ताको डाटामै नोक्सान पूराउन सक्दछ । यस्ता भाइरसले मोबाइल फोनको स्पीड तथा पर्फमेन्समा सिधारुपमा प्रभाव पार्दछन् ।
अज्ञात मेसेजः फोन ह्याक भएको जानकारी भन्दा पहिले साथीहरुले पाउँछन् । कहिलेकाहीँ तपाइँको मोबाइलमा कुनै अन्जान नम्ब्रबाट मेसेज आउँछन् र त्यस्ता मेसेज आफै हराउँछन् पनि । यस्तो स्थितिमा साथी तथा परिवारका मानिसलाई एसएमएस तथा ह्वाट्एपबाट यस्तो सन्देश प्राप्त हुन्छ । कहिलेकाहीँ इमेलको माध्यमबाट पनि ह्याकरहरुले त्यसरी जालमा फसाउने गर्दछन् । त्यसैले फोनमा आउने संकास्पद इमेलको लिंक नखोल्नुहोस् ।
कुनै विन्डो आफै खुल्नुः कतिपय भाइरस यस्ता पनि हुन्छन् की जो अचानक फोनमा खुल्दछन् । कहिलेकाहीँ विज्ञापनको रुपमा त कहिलेकाहीँ नयाँ विन्डो वा ट्याबमा । कम्प्युटरको भाषामा यसलाई पप अप्स भनिन्छ । साइबर सेक्योरिटी विज्ञान जोसेफ स्टिनबर्ग भन्छन्, ‘जसरी कम्प्युटरमा इन्टरनेटको माध्यमबाट नयाँ ट्याब खुल्दछ, ठीक त्यसैगरी फोनमा पनि ट्याब खुल्दछ ।
ब्याकग्राउण्डको आवाजः इन्टरनेटमा केही काम गर्दै ग्र्दा कहिलेकाहीँ अनौठो आवाज निस्किरहेको हुनसक्छ । वेबपेजमा अनावश्यक तथा असामान्य चिज देखिन थाल्दछ । यसो हुनुमा कहिलेकाहीँ फोन ह्याकरको हमलामा परिरहेको संकेत पनि हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।