
राजविराज, माघ ८ । सप्तरीमा दाँतको उपचार गराउन आएकी एक किशोरीमाथि बलात्कारको प्रयासको घटना सार्वजनिक भएको छ ।
क्लिनिकमा उपचार गराउन आएकी ती किशोरीमाथि डाक्टरले नै बलात्कारको प्रयास गरेको स्थानीयको आरोप छ ।
सो घटनालाई ढाकछोप गर्न केही व्यक्तिहरुले प्रयास गरिरहेको जानकारी पाएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरुले प्रहरीमा उजुरी गरेपछि घटना बाहिर आएको हो ।
राजविराजमा आरती डेन्टल क्लिनिक सन्चालन गर्दै आएका राजविराज वडा नम्बर–१ पडरिया निवासी ४५ वर्षीय डा हृदयनारायण झाले गत पुस २७ गते १६ वर्षीया ती किशोरीमाथि क्लिनिकभित्रै बलात्कारको प्रयास गरेको आरोप लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले डा। झामाथि जबर्जस्ती करणी उद्योगअन्तर्गत् मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।