हेटौँडा,७ माघ
प्रदेश नंबर ३ को अस्थायी राजधानी घोषणा गरिएको हेटौँडालाई अब स्थायी राजधानी हुनको लागि कुनै समस्या नभएको यहाका सांसदहरुले बताएका छन् ।
प्रदेश नंबर ३ को सपथग्रहणको लागि सांसद सचिवालयमा उपस्थित भएका सांसदहरुले मकवानपुरनै प्रदेशको राजधानीको उत्तम स्थल रहेको बताए । खबरब्रेकलाई प्रतिक्रिया दिँदै प्रतिनिधिसभा मकवानपुर क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहालले संघियता भनेकै विकासलाई विकेन्द्रीकरण गरि केन्द्रबाट मात्र सञ्चालन गर्ने परिपाटीको अन्त्य गर्ने विषय भएको भन्दै राजधानी रहेको काठमाण्डौ बाहिर प्रदेशको राजधानी हुने र त्यो अब मकवानपुरमानै स्थायी हुने बताए ।
प्रतिनिधिसभा क्षेत्र नंबर २ का सांसद विरोध खतिवडाले पनि मकवानपुरको हेटौँडा सबै हिसाबले प्रदेशको राजधानी हुनको लागि उपयुक्त भएको बताए । यहा क्षेत्रीय स्तरको करिब २ दर्जनको संख्यामा कार्यालयहरु रहेको भन्दै उनले भौतिक पुर्वाधारमा पनि हेटौँडा सबैभन्दा उपयुक्त भएको बताए ।प्रदेश सभामा समानुपातिकबाट सांसद भएका मुनु सिग्देल, ओम घलान, जुनेली श्रेष्ठ तथा सन्तबहादुर प्रजाले पनि मकवानपुरनै सबैभन्दा उत्तम विकल्प भएको बताए ।
प्रदेश सभा सांसदहरु प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, इन्द्रबहादुर बाँनीया तथा डोरमणी पौडेलले पनि प्रदेशको राजधानी अब स्थायी रुपमानै हेटौँडामा कायम हुने दाबी गरे ।
सडक सञ्जालमा पहि हेटौँडा निकै नजिक हुनेगरि विभिन्न सडकहरु निर्माण भैरहेको अवस्थामा हेटौँडा अपाएक पर्ने भन्ने प्रश्न नै नभएको उनीहरुको भनाई रहेको छ । वातावरणीय हिसावमा पनि हेटौँडा सबैभन्दा राम्रो क्षेत्र रहेको उनीहरुको दाबी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।