७ माघ,प्रदेश सभाका सदस्यहरूको शपथ आज हुने भएको छ ।

गत मंसिर १० र २१ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ विजयी भएका सदस्यले आज शपथ ग्रहण गर्दैछन् ,७ वटै प्रदेशका ५५० प्रदेश सभा सदस्यको शपथ आज हुन लागेको हो । प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रदेश नम्बर १ मा विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभा सदस्यहरुको शपथ हुँदैछ भने २ नम्बर प्रदेशका सदस्यहको शपथ ग्रहण जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा हुने भएको छ ।प्रदेश नम्बर ३ को क्षेत्रीय शिक्षा निर्देशनालयमा शपथ हुँदैछ भने ४ को  पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा शपथ हुँदैछ ।५ नम्बर प्रदेशका सदस्यको शपथ ग्रहण  बुटवल बसपार्कपछाडि रहेको उद्योग वाणिज्य संघको हलमा हुने भएको छ ।

त्यसैगरी प्रदेश नम्बर ६ को जिल्ला समन्वय समिति, सुर्खेतको हलमा शपथ ग्रहणको कार्यक्रम तय भएको छ भने ७ नम्बर प्रदेशका सदस्यहरुको धनगढीमा रहेको जिल्ला विकास समितिको सभाकक्षमा शपथ हुने भएको छ ।