हेटौँडा,७ माघ,
संघिय नेपालको प्रदेश नंबर ३ का सदस्य डोरमणी पौडेलले सपथ ग्रहण गरेका छन् । आज हेटौँडामा रहेको प्रदेश नंबर ३ को प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाबाट पौडेलले सपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पौडेलले देश अब विकासको दिशामा अघि बढने बताए । संघियताले विकासलाई मुलुकको दुर दराजसम्म पुर्याउने बताउँदै पौडेलले नयाँ नेपालको आरम्भ भएको बताए ।
संविधान कार्यान्वयनको अन्तिम प्रक्रियामा देश अघि बढेको भन्दै उनले अव मुलुकको विकासमा अवरोध सृजना नहुने विश्वास ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।