मनाङको तिलिचो तालमा दुई विदेशी पर्यटकहरुले नांगो फोटो सेसन गराएका छन् । अन्नपूर्ण संरक्षित क्षेत्रको पवित्र तिर्थस्थल तिलिचो तालमा नांगो फोटो सेसन गराएको तस्बिर बाहिर आएपछि तिव्र आलोचना समेत सुरु भएको छ ।
ताल अघि बसेर दुई विदेशीले नांगै तस्बिर खिचाएका छन् । विना गाइड तिलिचो पुगेका पर्यटकहरुले तिलिचो क्षेत्रमा उछ्खल गतिबिधि समेत गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।
फेसबुकमा तेजबहादुर गुरुङ लेख्छन्,
‘विश्वकै उचाइमा अवस्थित अन्नपूर्ण संरक्षित क्षेत्रमा पर्ने तिलिचो तालमा यि पर्यटकहरुले नाङ्गै फोटो खिचाएर पक्कै ठीक गरेनन । नेपाली सामाजिक मुल्य मान्यता र संरक्षित क्षेत्रको नियम बिरुद्ध छ यो कार्य । बिना गाईड गएको पर्यटकहरुलाई कस्ले यस्ता उच्छ्रीङखल कार्य गर्नुहुदैन भनेर सिकाउने रु पदयात्रा अनुमतिमा अनिबार्य गाईड निती नल्याइ यस्तो हर्कत रोकिनेवाला छैन ।’
४९१९ मिटर उचाइमा रहेको यस तालको लम्बाइ ३।९ किलोमिटर रहेको छ भने चौडाइ १.६ किलोमिटर फराकिलो छ ।
कूल ४।८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् । हिमालको काखमा रहेको निलो सङ्लो पानी टलपलाई रहेको दृश्यले जो कसैको पनि मन लोभिने गर्छ ।
यसरी पवित्र तिर्थस्थलमा यस्तो काम गर्नु बर्जित छ । स्रोतका अनुसार यी दुई पयर्टन त्यही क्षेत्रमा हाल छन् । नेपालको सामजिक मुल्य, मान्यता र संस्कृति बिरोधी काम भएको भन्दै उनीहरुलाई कारबाहीको माग गरिएको छ । न्यज२४बाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।