माघ ७,ब्राजिलमा एलो फिगर नामक ज्वरोका कारण १५ जनाको मृत्यु भएपछि स्वास्थ्य आपतकाल घोषणा गरिएको छ ।गत डिसेम्बरदेखि फैलिएको ज्वरोका कारण कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ भने सय भन्दा बढी संक्रमित छन् ।
ब्राजिलको बेलो होरिजोन्टे शहरका बालबालिका बढी प्रभावित भएका छन् भने अन्य शहरमा पनि यो ज्वरोको प्रकोप फैलिएको छ ।रोग नियन्त्रण गर्न तीनवटा राज्यमा विभिन्न ठाउँमा स्वास्थ्य टोली परिचालन गरी शिविर सञ्चालन गरिएको ब्राजिल सरकारले जनाएको छ ।
लामखुट्टेको टोकाईबाट सर्ने यो रोग ब्राजिलका धेरै बालबालिकाको संक्रमण फैलिएको आशंका गरिएको छ ,यसैबीच विश्व स्वास्थ्य संगठनले ब्राजिल भ्रमण गर्ने प्रत्येक पर्यटकले यस रोगविरुद्धको खोप लगाउन सुझाव दिएको छ ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।