७ माघ,एमाले र माओवादी केन्द्रका शिर्षस्थ नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ।बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार मनहरी तिमिल्सिनाका अनुसार बैठकले साझा चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डा कार्यान्वयन गर्ने भन्दै समितिले नयाँ कार्यदलको गठन गरेको छ।
यस्तै, समितिको बैठकले दुई पार्टीका अध्यक्षबीच जारी छलफललाई निश्कर्षमा पु¥याएर वैचारिक र सांगठनिक कार्यदल बनाउने समेत निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।