हेटौँडा,७ माघ,
हेटौँडाको वडा नंबर ४ मा रहेको एक होटलको सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौँडा ४ को ग्यालेक्सी होटलका सञ्चालकलाई दुईजना युवतीलाई जवरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको भन्दै पक्राउ गरेको हो ।
होटलहरुमा हुने अबैध क्रियाकलापको अन्त्य गर्ने अभियानमा रहेको प्रहरीले होटलका सञ्चालक रमेशकुमार श्रेष्ठलाई पक्राउ गरि मानव वेचविखन मुद्धाको लागि पाँच दिन समय थप गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।