हेटौँडा,६ माघ,
विभिन्न कारणले सडकमा जीवनयापन गर्नुपरेको वालवालीकाको कथामा निर्माण गरिएको चलचित्र लिटिल स्टारको आज हेटौँडामा प्रिमियर गरिएको छ । हेटौँडाको ओम्याक्स चलचित्र भवनमा भएको प्रिमियर पछि प्रतिक्रिया दिँदै दर्शक तथा अतिथिहरुले चलचित्र हेर्नेपर्ने विषयमा निर्माण भएको बताएका छन् ।

मकवानपुरे कलाकर्मीहरुको सक्रियतामा निर्माण भएको चलचित्रलाई अजय वाईवाले निर्देशन गरेका छन् । आयुष घलान, शुशिल वाईवा, राजेन्द्र बलामी सहित हेटौँडामा रहेको मामाघरमा रहेका वालवालिकाहरुको अभिनय रहेको छ ।

चलचित्रको विषयमा कुरा गर्दै निर्देशक वाइवाले आफुले सानोमा भोगेको कथा तथा मामाघरमा रहेका वालवालिकाको कथाहरुमा चलचित्र निर्माण भएको बताए ।

माघ ६ गतेबाट प्रत्येक दिन बिहान १० बजेबाट चलचित्र प्रर्दशन हुने वाईवाको भनाई रहेको छ । चलचित्रमा ब्याकराउण्ड म्युजिक भने सञ्जय मण्डलले दिएका छन् ।

चलचित्रमा गत २०७२ साल बैशाख १२ मा गएको भुकम्पछि वालवालिकामा परेको प्रभावलाई सजिव चित्रण गरिएको छ । चलचित्रको प्रिमियर अघि मामाघर नेपालका अर्पण पराजुली, सिविन हेल्पलाईनका झविन्द्र ज्ञावली सहितले शुभकामना ब्यक्त गरेका थिए ।
चलचित्र माघ ७ गतेबाट ओम्याक्स चलचित्र भवनमा विहान १० वजेबाट प्रर्दशन हुने छ ।