हेटौडामा भएको राष्टिय हक्की प्रतियोगिता

हेटौँडा,६ माघ,
हेटौँडामा जारी राष्ट्रिय पुरुष तथा महिला हक्कीको उपाधी नेपाल आर्मीले जितेको छ । राखेप च्याम्पियनसिप अन्र्तगत हेटौँडामा जारी खेलको फाईनल प्रतिस्पर्धामा दुबै आर्मीको टोली बिजेता बनेको हो ।

आज भएको फाईनल प्रतिस्पर्धा अन्र्तगत महिला तर्फ आर्मीले मध्यामाञ्चललाई ४–० गोलअन्तरले पराजित गर्दै विजेता बन्दा पुरुष तर्फ पनि आर्मीले सुदुर पश्चिमलाई २–१ गोलअन्तरले पराजित गर्दै विजेता बनेको हो ।

महिला तर्फको खेलमा आर्मीकी पिंकी सिञ्जालीले एक गोल गर्दा सिता चौधरीले दुई तथा सितामाया बलले एक गोल गर्न सफल बनिन् । उता पुरुष तर्फ भने खेल आर्मीका दिपेन्द्र ऐर तथा प्रदिपराज जोशीले गोल गर्दा पुर्वाञ्चलका राजेन्द्र कार्कीले गोल गरे ।

खेलको उत्कृष्ट खेलाडीमा महिला तर्फ आर्मीकी सितामाया बल तथा पुरुषतर्फ पुर्वाञ्चलका मनोज चौधरी भए । विजेता तथा उपविजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।