मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहने जिल्ला समन्वय समिति मकवानपुरको कार्यालय

हेटौँडा ६ माघ,

३ नम्बर प्रदेशको प्रदेश सभा सचिवालय स्थापना गरिएको छ । प्रदेश नम्बर ३ को अस्थायी मुकाम हेटौंडास्थित मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा  सचिवालय स्थापना गरिएको हो ।

 

आईतबार प्रदेशसभा सदस्यको सपथ ग्रहण समारोह आयोजना हुने भएपछि शनिवार प्रदेशसभा सचिवालय स्थापना गरिएको छ ।

 

प्रत्यक्ष र समानुपातिक तर्फबाट निर्वाचित १ सय १० सांसदहरुलाई तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खुवाउने कार्यक्रम तय भएको छ ।

 

 मध्यक्षेत्रीय प्रशासन कार्यालय भवनलाई प्रदेश प्रमुखको कार्यालयको रुपमा स्थापना गरिएको छ । प्रदेश प्रमुखको कार्यकक्ष र निवास व्यवस्था भईसकेको छ ।

 

 प्रदेश सभाको बैठकमा सहभागी हुन आउने सांसदहरुलाई हेटौंडामा स्वागतको समेत तयारी भएको छ । जिल्ला समन्वय समितीको पहलमा शनिवार बसेको बैठकले सांसदहरुलाई बैठक स्थलसम्म ल्याउने, लैजाने, खाना खुवाउने र बिश्राम गराउने व्यवस्था गरेको छ ।

 

स्थानीय सामाजिक संघसंस्था, हेटौंडा उपमहानगरपालिका, होटल एशोशियशन मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ लगायतका सामाजिक संघसंस्थाको समन्वयमा स्वागतको तयारी भएको हो ।