६ माघ,मौरीपालन व्यवसायलाई नोक्सान पुर्याएको आरोपमा पुलिसले अमेरिकामा दुईजनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।पाँच लाख भन्दा बढी मौरीलाई मारेको आरोपमा दुई युवकलाई पुलिसले गिरफ्तार गरेको बताएको छ ।

 

एकजना १२ र अर्का १३ वर्षका युवकले वाइल्ड हिल हनि फार्ममा मौरीको गुँड भत्काइदिएपछि लाखौँ मौरीहरु चिसोका कारण मर्न पुगेको बताइएको छ । हिउँ परिरहेको समयमा मौरीलाई बाहिर निकालिएपछि अत्याधिक चिसो मौसमका कारण सबैको मृत्यु भएको सो फार्मका मालिकले बताएका हुन् ।

 

 

फार्ममा भएको सबै गुँड भत्काइदिएपछि आफूले ६० हजार डलर भन्दा बढी नोक्सान व्यहोर्नुपरेको बताउँदै उनीहरुले पुलिस समक्ष गुनासो गरेका थिए ।

 

 

ती दुई युवकहरुले सबै गुँडलाई एकएक गर्दै बाहिर निकालेर हिउँमा फाल्दिएपछि सबै मौरी सखाप भएको फार्मका मालिक र उनकी पत्नीले बताए । यसपछि उनीहरुले घटनाप्रति पुलिसको ध्यान केन्द्रित गराएका थिए । वरिपरिका स्थानीयको मद्दतले पुलिसले पछि दुवै युवकलाई आपराधिक दुव्र्यवहारको आरोपमा पक्राउ गरेको बताएको छ ।