
धर्मेन्द्र दाहाल
हेटौँडा,५ माघ,
२४ वर्षसम्म फुटबलको नेतृत्व गरेको समुह र २४ वर्षसम्म फुटबलको नेतृत्व गर्न कुरेको समुहबिचको सहमतिय प्रक्रिया साच्चै निकै ठुलो चुनौतिको विषय हुने रैछ भन्ने कुरा प्रमाणीत गर्दै मकवानपुर जिल्ला फुटबल संघको अधिवेशन नयाँ नेतृत्व चयन भएसँगै सम्पन्न भएको छ ।
निर्वाचनको वर्षको रुपमा रहेको मकवानुरमा संसदीय निर्वाचन पछि करिब ४ वटा संस्थाको निर्वाचन निकै चर्चामा रहन गयो । हेटौँडा जेसिजको निर्वाचन, मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन , नारायणी यातायात ब्यवसायी संघको निर्वाचन र आज सम्पन्न भएको जिल्ला फुटबल संघको निर्वाचन प्रक्रिया ।
यि चारै निर्वाचन प्रक्रिया निकै रोचक तथा घोचक बन्न पुगे । तर आज सम्पन्न भएको जिल्ला फुटबल संघको निर्वाचनले भने निकै चर्चा कमायो । पटक पटक स्थगीत हुँदै आएको निर्वाचनको लागि आज विहान ७ बजे हेटौँडाको एक प्रतिष्ठित होटलमा निमन्त्रण गरियो । एनफामा सुनियोजित रुपमा यहाका दुई वटा सक्रिय क्लबलाई हटाईएको भन्दै मकवानपुरका अधिकांश फुटबल क्लबले आन्दोलन गरिरहेको अवस्थामा बोलाईएको निर्वाचनमा चर्काचर्की हुने कुरा अनुमान गरिएकै थियो ।
अनुमान अनुसारनै सबैरैबाट अधिवेशन स्थलमा नाराबाजी सुरु भयो । दुई जना प्रहरी निरिक्षक सहितको करिब २ दर्जन प्रहरी समेत परिचालन गरिएको अधिवेशनमा चर्काचर्की मात्र भएन, लगभग हात हालाहालको अवस्था समेत आउने संभावना बढ्न गयो । तर हात हालाहाल भने भएन् ।
विहान ७ बजेबाट हुने भनिएको अधिवेशन सुरु नहुँदै केन्द्रीय प्रतिनिधिको रुपमा एन्फा बाट आएका बरिष्ट उपाध्यक्ष मणी कुँबर अधिवेशन स्थलमा कुनै सहमतिको प्रयास नै नगरि हिडे । जिल्ला नेतृत्वलाई पुरानै सहमति अनुसार जिल्लाको ९ वटा क्लबले सहभागिता हुनुपर्ने माग सहित अधिवेशन स्थल परिसरमा नारा जुलुस जारि नै थियो । तर सस्थापन पक्ष र आन्दोलनरत पक्ष भने आफ्नो अडानबाट टसकोमस हुने अवस्थामा थिएनन् ।
सस्थापन पक्ष कमजोर भएको र आफ्नो प्यानको कोहि पनि नआउने संभावनकोबिचमा केन्द्रबाट फेरि पनि एक पत्र प्राप्त भएको र अधिवेशन स्थगित हुनुपर्ने माग सस्थापनका केहि पदाधिकारीले राखे । तर उक्त विषयमा हामीले जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले आफु उक्त विषयबारे बेखबर भएको बताए । जिल्ला कार्यसमितिले ९ वटै क्लबलाई सहभागिताको लागि अनुरोध गर्दै गरेको पत्राचारलाई अवमूल्यन गर्दै अर्को प्रकृतिको पत्र आएपछि अध्यक्ष श्रेष्ठ पनि केहि लचक देखिए ।
दिउँस ३ बजेसम्म अधिवेशन हुने, या नहुने अन्योलको बिचमा होटल परिषसमा सबै सदस्यहरु रहेका थिए । आन्दोलनर पक्षले पटक पटकको वार्ता पछि आखिरि अधिवेशन हुने भन्दै फेरी पक्रिया सुरु गर्ने भनियो । तर यस बिचमा पनि सहमति होला जस्तो हुने, फेरी नहुने प्रक्रिाको थालनी भयो ।
जब साझको ६ बज्यो तब सहमतिको लागि अधिवेशन गर्ने नेतृत्व अध्यक्ष श्रेष्ठलेनै गरे । ६ बजे श्रेष्ठकै अध्यक्षतामा साधरणसभा सम्पन्न भयो । र हल अधिवेशनको लागि अघि बढ्यो । जसको लागि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल संयोजक रहने गरि खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष शुवास विडारी र विजय यूथ क्लबका म्यानेजर राजेश भेटवाल सदस्य रहेको निर्वाचन मण्डल बन्यो र निर्वाचन प्रक्रिया सुरु भयो ।
केहिदिनबाट अध्यक्षको रुपमा उम्मेद्वार घोषणा गरेका टिकाराम लामाले अध्यक्षमा उम्मेद्वारी दर्ता गरे भने बाँकी उपाध्यक्ष र सदस्यहरुले पनि उम्मेद्वारी दर्ता गरे । तोकिएको सदस्य भन्दा धेरैको उम्मेद्वारी नपरेपछि १२ घण्टाको अथक प्रयास पछि टिकाराम लामाले अध्यक्षको विजयी टिका लगाई छाडे ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।