
माघ ५,एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तीन घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ।
अध्यक्ष ओलीको निवास बालकोटमा शुक्रबार अपरान्ह भएको तीन घण्टा लामो वार्ता भर्खरै सकिएको हो। ओली बैंककबाट फर्किएपछि दुई पार्टीका अध्यक्षबीच पहिलो पटक भेटवार्ता भएको हो।
भेटवार्तामा प्रदेश सरकार गठन, राष्ट्रिय सभाको निर्वाचन र दुई पार्टी एकतबारे छलफल भएको छ।
जसमा प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा भागबण्डा मिलाएर जाने तथा पार्टी एकता प्रक्रियालाई गति दिन आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमती भएको छ।ओली र दाहालबीच शनिबार पनि भेट्ने सहमती भएको छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।