माघ ५,अमेरिकाका वैज्ञानिकहरुले क्यान्सर परीक्षणका लागि ठूलो उपलब्धि हासिल गरेको दावी गरेका छन् ।जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले एक हजार बिरामीमाझ गरिएको नमूना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका हुन् ।
क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अरु भागमा फैलिनुअघि आठ किसिमका ट्युमर पत्ता लगाउन सक्ने दह्रो आधार दिएको दावी गरिएको छ ।यो अनुसन्धानबाट फैलिनुअघि नै क्यान्सर पत्ता लगाउन सकिने अपेक्षा गरिएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।
क्यान्सर सिक नाम दिइएको परीक्षणलाई व्यापक बनाइनुअघि थप अध्ययन आवश्यक रहेको साइन्स जर्नलमा प्रकाशित प्रतिवेदनमा भनिएको छ ।
उक्त परीक्षण गर्न प्रतिव्यक्ति करीब ५ सय डलर खर्च लाग्न सक्ने आंकलन गरिएको छ ।एक हजार पाँच जना क्यान्सरका बिरामीमाझ जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थीलगायतमा क्यान्सर रोग पत्ता लागेको थियो ।
परीक्षणको उद्देश्य मानिसमा रोगको लक्षण देखिनु अगावै क्यान्सर लाग्ने नलाग्ने पत्ता लगाउनु रहेको वैज्ञानिकले जनाएका छन् ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।