हेटौँडा, ५ माघ,

आजको लागि तय गरिएको मकवानपुर जिल्ला फुटबल संघको जिल्ला अधिवेशन स्थल मा तनाव भएको छ । आज हेटौँडाको सामना होटल परिषरमा गरिएको अधिवेशन स्थलमा नारावाजी भएको हो ।

 

मकवानुरमा क्रियाशिल ३३ वटा क्लबहरुले आज मकवानपुर फुटवल संघले बहुमत क्लबलाई बाहिर राखेर अधिवेशन गर्न खोजेपछि अधिवेशनस्थलमा नारावाजी भएको हो ।

 

अहिले पनि मकवानपुर फुटबल संघका पदाधिकारीहरु होटल परिषरमा रहेका छन भने होटल बाहीर फुटबल क्लबका प्रतिनिधिहरु रहेका छन् । फुटबल संघले आर्थिक अनियमितता गरेको समेत उनीहरुले आरोप लगाएका छन् ।

 

जिल्ला लिग फुटबलको आयोजना हुँदा निर्णयकहरुलाई हालसम्म भुक्तानी समेत नगरेको जिल्लाका फुबल रेफ्रिहरुले बताएका छन् । उता पुर्व राष्ट्रिय खेलाडी शैलेन्द्र लामालाई विरामी भएको अवस्थामा दिने भनेको ५० हजार रुपैँया समेत हालसम्म नदिएको, भुकम्पमा आएको सामानहरुको समेत अनियमितता गरेको अरोप उनीहरुले लगाएका छन् ।

 

 

हेटौँडाको सामना होटल परिषर

हेटौँडाको सामना होटल परिषर