![](https://www.khabarbreak.com/wp-content/uploads/2018/01/asranal-live.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2018/01/asranal-live.jpg)
४ माघ एजेन्सी,आर्सनलका विंगर थियो वाल्कोट एभर्टनमा अनुबन्धित भएका छन् । इन्ग्लिश फुटबलर वाल्कोटले एभर्टनसँग साढे तीन बर्षको सम्झौता गरेका छन् ।
वाल्कोट २० मिलियन पाउण्डमा आर्सनलबाट एभर्टन आएका हुन् । पछिल्लो समय आर्सनलमा स्थान बनाउन असफल वाल्कोटले १२ बर्षपछि आर्सनल छाडेका हुन् ।
वाल्कोटलाई भित्राउन पुर्व क्लब साउथह्याम्पटन समेत इच्छुक देखिएको थियो । तर, वाल्कोटले एभर्टन रोजेका छन् ।
सन् २००६ मा साउथह्याम्पटनबाट आर्सनल आएका वाल्कोटले आर्सनलको लागि ३९६ खेल खेलेका थिए । जसमा उनले १०८ गोल गरेका छन् । आर्सनलको १२ बर्षको बसाईमा वाल्कोटले ३ पटक एफए कपको उपाधि जितेका थिए । इंग्ल्यान्डबाट ४७ खेल खेलिसकेका २८ बर्षिय वाल्कोट सन् २०१६ पछि राष्ट्रिय टोलीमा अटाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।