४ माघ,विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपालले ६ स्थान सुधार गरेको छ।फिफाले बिहीबार सार्वजनिक गरेको २०१८ जनवरी महिनाको वरीयतामा नेपालले ६ स्थान सुधार गर्दै १ सय ६५औँ स्थानमा पुगेको छ।

 

 

दक्षिण एसियामा भारतले शीर्ष स्थानमा कायमै छ। तीन स्थान सुधार गरेको भारत १ सय २ स्थानमा पुगको छ । माल्दिभ्स ५ स्थान सुधार गर्दै १ सय ५० औं स्थानमा पुग्न सफल भएको छ।यस्तै भुटान १ सय ८८औं तथा बंगलादेश १९७ औं स्थानमा छ भने श्रीलंका २ सयौं स्थानमा छ।

 

विश्व वरियताको शीर्ष दशमा भने कुनै फेरबदल भएको छैन्। शीर्ष स्थानमा रहेको जर्मनी पछि क्रमशः ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, वेल्जियम, स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली दोस्रो देखि दशौं स्थानमा छन्