४ माघ,निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फका निर्वाचित उम्मेद्वारको नाम सार्वजनिक गरेको छ,आयोगले निर्वाचितहरूको नामावली बिहिबार सार्वजनिक गरेको छ।
संविधानको धारा १ सय ७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।आयोग बैठकले दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेको थियो।
आयोगले निर्वाचित उम्मेदवारहरूको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन राजपत्रमा प्रकाशित गर्ने जनाएको छ।आयोगले निर्वाचित उम्मेदवारहरूको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन राजपत्रमा प्रकाशित गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।