हेटौँडा,४ माघ,
हेटौडामा जारी राखेप च्याम्पियनशिप अन्तर्गत राष्ट्रिय हक्की प्रतियोगिताको फाईनलमा नेपाल आर्मी र सुदुरपश्चिमान्चल भिडने भएकाछन । आज भएको पहिलो सेमिफाईनलमा नेपाली सेनाले पश्चिमान्चललाई ५–० गोल अन्तरले पराजित गरि फाईनल यात्रा तय गरेको हो ।
नेपाली सेनाका तर्फवाट प्रदिप राजवंशिले २, दिपेन्द्र ऐर,शेरवहादुर रोकाय र काशिराज राईले १÷१ गोल गरेका छन । यस्तै दोस्रो सेमिफाईनलमा सुदुर पश्चिमान्चलले पूर्वान्चललाई ३–२ गोलले पराजित गरि फाईनल प्रवेश गरेको हो । सुदरपश्चिमान्चलका तर्फवाट धिरेन्द्र चन्द,दिपक राज जोशी र केशवराज जोशीले १÷१ गोल गरेका हुन भने पूर्वान्चलका लागि सुशिल सोरेन र मनोज चौधरीले १÷१ गोल गरेको प्रतियोगिता संयोजक राजेन्द्र पाठकले जानकारी दिएका छन ।
यस्तै आजै भएका महिला तर्फका खेलमा नेपाली सेना र पश्चिमान्चल विजयी भएका छन । नेपाली सेनाले मध्यमान्चललाई १–० गोलले पराजित गरेको हो । सेनाका तर्फवाट सितामाया वलले गोल गरेकि हुन । यस्तै पश्चिमान्चलले पूर्वान्चललाई पनि १–० गोल अन्तरले पराजित गरेको छ । पश्चिमान्चलका तर्फवाट सुनिता गुरुङले गोल गरेकी हुन । प्रतियोगिताको फाईनल खेल माघ ६ गते हुने छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।