४ माघ,दक्षिण कोरिया र उत्तर कोरिया अर्को महिना प्योङचाङमा हुने शीतकालीन ओलम्पिकमा एकीकृत कोरियाको एउटै झण्डा लिएर मार्च पासमा सहभागी हुने भएका छन् ।पानमुन्जोमा भएको वार्ता पछि दुई कोरिया संयुक्त महिला आइस हकी टोली बनाएर प्रतियोगितामा भाग लिने सहमति समेत भएको छ ।

 

 

तर दक्षिण कोरियाका हकी प्रशिक्षक र पुरातन सोच राख्ने पत्रिकाहरुले एकीकृत हकी टिमको आलोचना गर्दै यो निर्णयले पदक जित्ने दक्षिण कोरियाको सम्भावनामा असर पार्ने बताएका छन् ।दक्षिण कोरियाको प्योङचाङमा आगामी फेब्रुअरी ९ देखी २७ सम्म ओलम्पिक आयोजना हुंदैछ ।

 

 

दुई मुलुकबीच दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक उच्चस्तरीय वार्ता भएको हो ।उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेका बेला दुई कोरियाबीच सम्बन्ध सुधारको तीब्रता बढिरहेको छ ।