हेटौँडा,४ माघ,
आज हुने भनिएको जिल्ला फुटबल संघ मकवानपुरको अधिवेशन अनिश्चित भएपछि अहिले संघको जिल्ला कार्यसमितिको बैठक बस्दै छ । बैठकमा एन्फाको निर्देशनको विषयका छलफल हुने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
गत पुस २७ गतेको लागि तोकिएको अधिवेशन जिल्लाका क्रियाशिल १८ क्लबको अन्दोलनको कारण रोकिएको थियो । तर सहमति पछि आजको लागि तय भएको अधिवेशन पनि फेरी रोकिएको हो ।
एन्फाले मकवानपुरका दुई वटा मतदान अधिकार भएको क्लबहरु पिप्ले युवा क्लब तथा महाबिर क्लबारे नयाँ निर्णय लिएको भन्दै जिल्ला अधिवेशन रोकिएको हो । तर एन्फाले सुनियोजित ढंगबाट मकवानपुरमा चलखेल गर्न खोजेको ति क्लबका पदाधिकारीहरुले जनाएका छन् ।
२७ गतेको अधिवेशनको लागि स्विकृत भएका क्लबहरु माघ ४ को लागि अस्विकृत हुनु सुनियोजित षड्यन्त्र भएको ति क्लबका पदाधिकारीको भनाई रहेको छ । आज हुने छलफलमा सकारत्मक कुराकानी नभए मतदान अधिकार भएका पाँच क्लबहरुले आजै जिल्ला फुटबल संघ मकवानपुर पुर्नगठन गर्ने र सोको जानकारी एन्फा केन्द्रीय कमिटिमा पठाउने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।