हेटौँडा,४ माघ,
आज हुने भनिएको जिल्ला फुटबल संघ मकवानपुरको अधिवेशन नगरेपछि जिल्ला फुटबल संघ विरुद्ध हेटौँडाका क्लबहरु उत्रीएका छन् ।
मकवानुरमा क्रियाशिल ३३ वटा क्लबहरुले आज मकवानपुर फुटवल संघले नियोजित ढंगबाट अधिवेशस रोकेको भन्दै हेटौँडामा बिरोध रयलीको समेत आयोजना गरेका छन् ।
आयोजकले हेटौँडाको बालकुमारी पार्टी प्यालेसमा अधिवेशनको लागि बोलाएर आफुहरुचै बेखबर भएको भन्दै उनीहरुले आज हेटौँडा बजारमा प्रर्दशन समेत गरेका हुन् ।
प्रर्दशन अघि भएको भेलामा एफसी पोताला क्लबका अध्यक्ष तथा फुटबल संघ मकवानपुरका प्रत्यासी टिका लामाले आफुहरुले ५ गतै बैधानिक तबरले अधिवेशन गर्ने बताए ।
उता पिप्ले युवा क्लबका सचिव दिपेन्द्र ढकालले जिल्ला फुटबल संघ मकवानपुरले अत्यान्तै लज्जास्पद कृयाकलाप गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।