गृह Breaking News हेटौँडालाई प्रदेशको राजधानी बनाउन दबाब

हेटौँडालाई प्रदेशको राजधानी बनाउन दबाब

190
0
सेयर गर्नुहोस्

हेटौँडा,३ माघ,
सरकारले आज घोषणा गर्न लागेको प्रदेशको राजधानी अन्र्तगत प्रदेश नंबर ३ को राजधानी हेटौँडामा हुनुपर्ने माग गर्दै यहाका दलहरु तथा ब्यवसायीक सस्थाहरुले माग गरेका छन् ।

हेटौँडामा भएको सर्वपक्षीय बैठकमा मकवानपुरका क्रियाशिल राजनीतिक दल तथा विभिन्न संघसस्थाहरुले हेटौँडामानै राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले प्रदेश नंबर ३ को राजधानी हेटौँडा सबैभन्दा उत्तम विकल्प भएको बताए ।

हेटौँडा प्रदेश नंबर ३ को सबैभन्दा सहज पहँुच भएको र बाँकी जिल्लाहरुसँग पनि सडक सञ्जालबाट जोडिएको कारणले पनि मकवानपुर उपयुक्त भएको उनको भनाई रहेको छ । कार्यक्रममा बोल्दै एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले हेटौँडा हुनुपर्नेमा धेरै तथ्य रहेको बताए । देश संघियतामा गैसकेको अवस्थामा काठमाण्डौँ समेत रहेको प्रदेश नंबर ३ को राजधानी मकवानपुरको हेटौँडा हुनुपर्ने स्वभाविक रहेको बताए ।

मकवानपुर जिल्लालाई राजधानी बनाउनको लागी यहाँका सांसदहरुले अरु जिल्लाको सांसदसँग पनि छलफल गर्नुपर्ने उनले बताए । यदि सरकारले अस्थायी राजधानी काठमाण्डौँ भ्यालीलाई बनाएपनि स्थायी राजधानीको लागि अहिलेबाटनै पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुरका प्रवत्ता प्रदिप कोइरालाले मकवानपुरको हेटौँडा काठमाण्डौँको प्रमुख विकल्प भएको बताए । यहा क्षेत्रीय कार्यालयहरुको पुर्वाधार रहेको कारण पनि हेटौँडालाई राजधानी बनाउँदा कुनै समस्या नपर्ने बताए । हेटौँडालाई राजधानी बनाउको लागि प्रदेश नंबर ३ का अन्य कुनै ठुला भ्यालीहरु नरहेको भन्दै सरकारले हेटौँडालाई अस्थायी मात्र नभएर स्थायी राजधानी बनाउनुपर्ने बताए ।