३ माघ,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरको हो ।

 

 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०७३ फागुन २२ गते जिल्ला अदालत समक्ष अभियोग पत्रसहित पेश गरेकामा गोयल फरार रहेका थिए ।

 

 

गैरीधारा बस्ने गोयल विशालबजारमा रहेको सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक समेत हुन् । रासस