लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा इन्डोनेसियामा एक नेपाली प्रहरीको कारवाहीमा मारिएका छन् ।सेन्ट्रल जकार्ता मेट्रो प्रहरीले गत शुक्रबार ३४ वर्षीय शरण कुमार तामाङलाई गोली हानी मारेको इन्डोनेसियाली मिडियाहरुले जनाएका छन् ।

 

 

रिपोर्टमा तामाङले सोधपुछका क्रममा एक प्रहरी अधिकारीको हतियार खोस्न खोजेपछि प्रहरीले उनीमाथि गोली चलाएको उल्लेख गरिएको छ । गोली उनको छातीमा लागेको बताइएको छ ।

 

 

 

‘हामीले उनलाई लागुऔषधको कारोबार हुने स्थान देखाउन सोधपुछ गरिरहेका थियौँ,’ जकार्ता मेट्रो प्रहरीका प्रमुख कोम्बेस रोमा हुताजुलुले मिडियासँग कुराकानी गर्दै भने, ‘तर, उनले एक अफिसरलाई धकेल्दै हतियार खोस्ने प्रयास गरे । बाध्य भएर उनीमाथि गोली चलाउन पर्यो ।’ यो घटना शुक्रबार बिहान १२ः४५ मा भएको उल्लेख गरिएको छ ।

 

 

 

उनलाई गोली लागेपछि तुरुन्त प्रहरी अस्पताल लगिए पनि उनलाई मृत घोषित गरिएको थियो ।कोम्बेसले सेन्ट्रल जर्कार्ताको गुनुङ सहरी, सवाह बेसार क्षेत्रमा लागुऔषध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा कारवाही अघि बढाएको थियो ।

 

 

तामाङलाई त्यसक्षेत्रमा रहेको एक बैंकको अगाडी लागुऔषध कारोबार गरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा उनीसँग होटल अल्फाइनको कार्ड र ५२ ग्राम लागुऔषध पनि फेला परेको प्रहरीको भनाई छ ।पछि उनको होटलको २०४ नम्बर कोठामा खोजी गर्दा ३.४ केजी लागुऔषध पनि फेला परेको बताइएको छ ।उनी कसरी इन्डोनेसिया पुगे र नेपालमा उनको स्थायी ठेगाना कहाँ हो भन्ने केही खुलाइएको छैन ।एजेन्सी