३ माघ,ब्राजिलियन विश्वकप विजेता रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् ।३७ वर्षीय रोनाल्डिन्हो २००२ मा ब्राजिलको विश्वकप टोलीमा थिए । २००५ मा बालोन डि’ओर जितेका उनले २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उचाले ।

 

उनका भाइ एवं एजेन्ट राबर्टो एसिसले रोनाल्डिन्होको सन्यास पुष्टि गरेका छन् । साथै उनको सम्मानमा ब्राजिल, युरोप र एसियामा श्रृखलावद्ध खेल गर्ने बताए ।रोनाल्डिन्होले ब्रजिलमा ग्रेमियोबाट आफ्नो करियर सुरु गरेका थिए । २००१ मा पेरिस सेन्ट जर्मेन गए ।

 

२००३ मा बार्सिलोना गएका उनले त्यहाँ ५ वर्ष विताए, त्यो अबधिमा च्याम्पियन्स लिगका साथै दुई ला लिगा पनि जिते । त्यसपछि एसी मिलान गएका रोनाल्डिन्होले २०१०र११ मा सिरी ए जिते ।२०११ मा उनी ब्राजिल फर्किए र केही सिजन फुटबल खेले । उनी २०१४ मा मेक्सिको गए । रोनाल्डिन्होले त्यहाँ अन्तिम खेल फ्लूमिनेज्जबाट खेलेका थिए ।