हेटौँडा,३ माघ,
गत पुस २७ मा तोकिएको निर्वाचनलाई विवाद मिलाउन भन्दै माघ ४ मा सारिएको भएपनि भोली माघ ४ गते पनि जिल्ला फुटबल संघको निर्वाचन नहुने भएको छ । फुटबल संघ मकवानपुरका अध्यक्ष राजेन्द्र श्रेष्ठले समय अभाव र एनफाको पत्र ढिला आएको कारण माघ ४ गते अधिवेशन गर्न नसकिएको खबरक्रेकलाई बताए ।
खबरब्रेकसँग टेलिफोनमा कुरा गर्दै उनले एनफाले मकवानपुरको क्लबहरुको विषयमा छानमिन गरि रिर्पोट पठाउनको लागि समय लगाएको भन्दै अधिवेशन रोकेको दाबी गरे । सस्थापन पक्ष पराजित हुनेभएपछि तपाईहरुले अनावश्यक चलखेल गर्नु भो रे नि भन्ने खबरब्रेकको प्रश्नमा उनले भने : हामीले २७ गते हुने निर्वाचनमा क्लबको बारेमा मिस्टेक गरेर पहिला पठाएका रहेछौ, अब त्यो हुँदैन् । उनले २७ गते हुने निर्वाचनमा ९ वटा क्लबलाई सहमति दिएपछि फेरी पनि एनफाले कागजात मागेको कारण अनुसन्धान भएको बताए ।
अखिल नेपाल फुटबल संघको निर्वाचनको सन्र्दभमा हुन लागेको जिल्ला अधिवेशनमा सस्थापन पक्ष पुरै टिम सहित पराजित हुने निश्चित भएपछि जिल्ला फुटवल संघ मकवानपुरले विभिन्न वाहाना बनाएर जिल्ला फुटबललाई अध्यारोतिर धकेल्ने प्रयास गरेको पाँच क्लबका प्रतिनिधिहरुले बताएका छन् ।
फुटवलमा अझैपनि धमिराहरु सल्बलाएको भन्दै उनीहरु मकवानपुर फुटबल संघका अध्यक्ष श्रेष्ठ बिरुद्ध अदालत जाने बताएका छन् । केन्द्रमा एनफा अध्यक्षको लागि गणेश थापा समर्थनका उम्मेद्वार पराजित हुने भएपछि मकवानपुरमा नाक जोगाउन भएपनि उनीहरुले यस्तो खेल खेलेको ति फुटबल पदाधिकारीको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।