हेटौँडा,३ माघ,
मकवानपुर जिल्ला फुटबल संघको रबैयाप्रती मकवानपुर जिल्लाका पाँच क्लबहरुले अदालत जाने चेतावनी दिएका छन् । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि क्लबका प्रतिनिधिहरुले फुटबल संघ मकवानपुरले निर्वाचन सार्न विभिन्न क्रियाकलाप गरेको आरोप लगाएका हुन् ।
भोली माघ ४ गतेलाई तोकिएको जिल्ला फुटबल संघको अधिवेशनको एक दिन अगाडी आजको मितिसम्म आफुहरुलाई अधिवेशन हुने स्थान तथा समयको जानकारी नगराईएको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् ।
जिल्ला फुटबल संघले अधिवेशनको एक दिन अघिमात्र जिल्लाको दुई वटा क्लबलाई अयोग्य घोषणा गर्ने प्रयास गरेको भन्दै उनीहरुले त्यस बिरुद्ध अदालत र भ्रष्टार सम्वन्धी मुद्धा लिएर अख्तियार जाने चेतावनी समेत दिएका छन् ।
जिल्ला फुटबल संघले नियोजित रुपमा जिल्लाको दुईवटा क्लबलाई विना आधार निलम्वन गर्न खोजेको भन्दै उनिहरुले आक्रोश ब्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै निलम्वनमा पार्न खोजिएको पिप्ले युवा क्लबका सचिव दिपन्द्र ढकालले गत पुस २७ गते हुने भनिएको निर्वाचनमा सहभागिताको पत्र पठाईसकेको क्लबलाई अहिले आएर निलम्बन गर्न खोजनु नियोजित भएको बताए । आफुहरु यस विरुद्ध अदालत जाने समेत उनले चेतावनी दिए ।
संघको सस्थापन पक्ष हार्ने भएपछि उनीहरुले नियोजित रुपमा संघको अधिवेशन सार्न खोजिएको उनीहरुको भनाई रहेको छ ।
पत्रकार सम्मेलनमा संघका मतदान गर्न पाउने ९ वटा क्लब मध्येको ५ वटा क्लबको प्रतिनिधित्व रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।