हेटौँडा,३ माघ,
एफसी पोताला हेटौँडाका अध्यक्ष टिका लामा जिल्ला फुटबल संघ मकवानपुरको अध्यक्षमा उम्मेद्वार बन्ने भएका छन् । आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा लामाले उम्मेद्वारी घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै लामाले आफ्नो उम्मेद्वारी मकवानपुरे फुटबललाई उचाईमा पुर्याउनको लागि भएको बताए ।

९ सदस्ययले मतदान गर्न पाउने संघका पाँच सदस्यहरुले लामालाई सहयोग गर्ने समेत घोषणा गरे । उनीहरुले आज संयुक्त तस्बिर खिँचाउदै लामालाई समर्थन भएको जानकारी समेत गराएका छन् ।