माघ ३ । सरकारले आज प्रदेश प्रमुख नियुक्तिको सिफारिस गर्ने भएको छ ।आज बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने बताइएको छ ।
यसअघि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न भन्दै हिजो बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमति खोजे पनि त्यो सफल हुन नसकेपछि मन्त्रिपरिषद् बैठक नै आजका लागि सारिएको हो ।
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न विपक्षी दलको पनि सहमति खोज्न प्रधानमन्त्री देउवाले एमाले र माओवादी केन्द्रका नेतासँग औपचारिक संवादको प्रयास गरे पनि हिजोसफल हुन नसकेपछि मन्त्रिपरिषद् बैठक नै सारिएको हो ।दलीय सहमति जुट्न नसक्दा सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलो गरेको छ ।
एमाले र माओवादी केन्द्रले संवैधानिक रुपमा प्रदेश प्रमुख र अस्थायी राजधानी निर्धारण गर्ने अधिकार सरकारलाई मात्र भएको बताउँदै त्यसमा आफ्नो सहमति नचाहिने बताउँदै आएका छन् ।सरकारले प्रदेश प्रमुख नतोक्दा निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।