
२ माघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सप्तरीमा चिसो र शितलहर पिडित ३ सय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ।
क्रान्तिकारीले राजविराज नगरपालिकाको वडा नंं १३ को विषहरिया टोलमा १ सय ५० परिवारलाई र तिरहुत गांउपालिकाको लोहजारा टोलका थप १ सय ५० परिवारलाई राहत स्वरुप न्यानो वितरण गरिएको क्रान्तिकारी उपाध्यक्ष विजय गौतमले जानकारी दिए।कार्यक्रममा प्रत्येक परिवारलाई एक ब्लाङ्कट र एक ज्याकेट दिइएको थियोे।
कार्यक्रममा वोल्दै क्रान्तिकारी अध्यक्ष तामाङले भने हामी शितलहरले आक्रान्त परिवारको दुस्ख साट्न र सरकारलाई घच्घच्याउन यहाँ आएका हौं।तामाङले काठमाडौं फर्किएर सरकारको ध्यानाकर्षण गर्ने वताए।पिडितलाई दिइएको राहत काठमाडौंका विभिन्न सहयोगीवाट संकलन गरिएको उपाध्यक्ष गौतमले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।