
विपना चौँलागाई
हेटौँडा,२ माघ
हेटौँडामा जारी राष्ट्रिय महिला तथा पूरुष हक्की प्रतियोगितामा पुरुष तर्फ नेपाली सेना तथा सुदुरपश्चिमाञ्चल सेमिफाईनलमा प्रवेश गरेको छ ।
आज वनज्ञिान अध्ययन सस्थानको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल आर्मीले मध्यपश्चिमलाई ४–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । सेनाको तर्फबाट देवसिंह धामीले ६, ५९ तथा दिपेन्द्र ऐरले ४९ र ५३ मिनेटमा गोल गरे ।
आजै भएको खेलमा सुदुरपश्चिम ले मध्यपश्चिमलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । सुदुरको लागि दिपक राजवंशीले ५० र राजेश विष्टले ५७ मिनेटमा गोल गरे ।
आजै महिला तर्फपनि दुईवटा खेलहरु भएका छन् । महिला तर्फ भएको पहिलो खेलमा नेपाली सेनाले पुवाञ्चललाई ६–० गोलअन्तरले पराजित गरेको छ । सेनाको तर्फबाट सितामाया बल एक्लैले चार गोल गर्न सफल बनिन् । उनले खेलको १३,१८।४१ र ५० औँ मिनेटमा गोल गर्न सफल बनिन् । सेनाको तर्फबाट पिंकी सिञ्जालीले १७ तथा टंकमाया खड्गीले ४३ मिनेटमा गोल गर्दै सेनालाई फराकिलो अन्तरको जित दिलाउन सफल बनाएका हुन् ।
आजै भएको अन्तिम खेललमा महिला तर्फ पश्चिमाञ्चलले सुदुरपश्चिमाञ्चललाई १–० ले पराजित गर्न सफल भएको छ । खेलमा पश्चिमाञ्चलको तर्फबाट एक मात्र गोल दोश्रो हाफको ४४ औँ मिनेटमा सुदुरकुमारी सर्राफले गर्दै टिमलाई विजयी बनाईन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।