मनहरी–राक्सिराङ गाउँपालिका वडा नं २ भाट्डी (साबिक सरिखेत ६) मा माघे संक्रान्तिका दिन भएको विवादपछि चिर्पट प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।
नाताले भिनाजु पर्ने प्रकाश दर्जीमाथि अरुणकुमार दर्जी र बुद्धिबहादुर दर्जीले चिर्पट प्रहार गरेका थिए । टाउकामा चिर्पट प्रहारपछि गम्भीर घाइते भएका प्रकाशलाई प्रहरीको सहयोगमा उद्धार गरी भरतपुर अस्पताल पठाइएको थियो ।
तर मंगलबार बिहान प्रकाश मृत घोषित भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । नाताले मृतक प्रकाश अरुण र बुद्धिका भिनाजु हुन् भने बुद्धि र अरुण काका भतिज हुन् । आरोपी अरुण र बुद्धिलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मनहरी डटकमबाट
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।