काठमाण्डौँ,२ माघ,
काठमाडौं (निजगढ द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आफैंले बनाएको घोषणा गरेको छ । सेनाले आफैले डिपिआर तयार पार्ने भएपछि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको हो ।
नेपाली सेनाले पत्रकार सम्मेलनको आयोजना गरेर डिपिआर आफै बनाउने घोषणा गरेको हो । सेनाले आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो ।
नेपाली कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिने आयोजनाका उपनिर्देशक सूर्यप्रसाद खनालले बताए । नेपाली सेना आफैले डिपिआर तयार पार्न सक्ने र खरिद मूल्य भन्दा निकै सस्तोमा काम हुने भएपछि सेना आफै तयार भएको हो ।
गत बैशाख २१ गते तत्कालिन प्रधानमन्त्री प्रचण्डले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई र्दिपछि हाल काम तिब्र गतिमा भैरहेको छ । मकवानपुरको अधिकांश स्थानमा मुआब्जाको काम सकिभएको छ भने बाँकी केहि स्थानमा विवाद कायम रहेको छ ।
सेनाले भारतीय कम्पनीले बनाएको डिपिआर पूर्ण नभएको, कान्तिलोकपथलाई समेत समस्यामा पार्ने भएकोले पनि आफुहरुले डिपिआर तयार गर्न लागेको स्पष्ठ पारेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।