![](https://www.khabarbreak.com/wp-content/uploads/2018/01/man_khabarbreak.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2018/01/man_khabarbreak.jpg)
एजेन्सी । महिला सुन्दर बन्नका लागि विभिन्न सामग्री प्रयोग गर्छन् । उनीहरू जहाँ जाँदा पनि आफूलाई आवश्यक पर्ने थुप्रै सामग्री आफ्नो मेकअप किटमा छुटाउँदैनन् । पुरुष भने सौन्दर्यलाई कमै महत्व दिन्छन् । तर, आफ्नो सौन्दर्यका लागि पुरुषले पाँच कुरामा ध्यान दिनैपर्छ ।
सेभिङपछि क्रिम
दाह्री काटेपछि छालालाई त्यत्तिकै नछाड्नुहोस् । छालालाई मुलायम बनाइराख्न लोसन प्रयोग गर्न नभुल्नुहोला ।
नाइट क्रिम
दिनभरिको बाहिरी वातावरणले शरीरको छालालाई रुखो बनाएको हुन्छ । हातगोडाका छाला बढी रुखो बनेको हुन्छ । शरीरको छाला सधैँ दुरुस्त राख्न केटाले नाइट क्रिम प्रयोग गर्नैपर्छ । हातगोडा धोएर सफा गरेपछि राति सुत्नेवेला नाइट क्रिम लगाउनुहोला ।
पफ्र्युम
केटाले पफ्र्युम पनि नछुटाउनुहोस् । आफ्नो शरीरबाट निस्किएको गन्ध कहिलेकाहीँ आफैँलाई थाहा हुँदैन । तर, नजिकै रहेका अरूलाई आफ्नो शरीरको गन्धले असर गरिरहेको हुन्छ । घरबाट बाहिर निस्किने वेला पफ्र्युम प्रयोग गरे अरूसामु गन्हाउनु पर्दैन ।
बडी वास
बडी वासमा सोडियम हाइड्रोअक्साइडको मात्रा कम हुन्छ । यसकारण नुहाउनका लागि साबुनभन्दा बडी वास प्रयोग गर्नु राम्रो हुन्छ । बडी वासले छालामा रुखोपन पनि ल्याउँदैन । बडी वासले सकेसम्म दिनहुँ नुहाउँदा शरीरको छाला स्वच्छ रहन्छ ।
सेभिङ क्रिम
दाह्री काट्ने सवालमा पनि निकै ख्याल गर्नुपर्छ । कतिपयले पानीले भिजाएर मात्रै दाह्री काट्ने गर्छन् भने कतिपयले साबुन प्रयोग गरेको पनि देखिन्छ । यस्तो गल्ती नगर्नुहोस् ।
सेभिङ क्रिम या जेलको प्रयोग गर्नुहोला । क्रिमले दाह्री र छालालाई मुलायम बनाउँछ । दाह्री काट्दा दुख्न दिँदैन, छालामा चोट लाग्ने डर हुँदैन । सामान्य सेभरले दाह्री काट्दा समस्या हुन्छ भने इलेक्ट्रिक सेभर पनि प्रयोग गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।