कम्प्युटर हस्तान्तरण कार्यक्रममा निवर्तमा सांसद सुवाशचन्द्र ठकुरी तथा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाई तस्बिर : खबरब्रेक

हेटौँडा,२ माघ,

निवर्तमान सांसद सुवाशचन्द्र ठकुरीले मकवानपुर पत्रकार महासंघलाई एक थान कम्प्युटर हस्तान्तरण गरेका छन् । आज पत्रकार महासंघमा भएको कार्यक्रममा ठकुरीले महासंघका अध्यक्ष हरी हुँमगाईलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

कम्प्युटर हस्तान्तरणपछि बोल्दै निवर्तमान सांसद ठकुरीले पत्रकाहरुले अव समृद्धिको विषयलाई प्राथमिकता दिनुपर्ने बताए । मुलुकमा अव राजनीतिक आन्दोलन सकिएको भन्दै अव समृद्धिको विषयलाई पत्रकारहरुले प्रमुख एजेण्डा बनाउनु पर्ने उनको भनाई रहेको छ ।

पत्रकारहरुले वेथितिको अन्त्यको लागि कलम चलाउँदै आएको बताउँदै ठकुरीले पत्रकार जगतले देशको प्रगतिको लागि भएका हरेक आन्दोलनमा निकै सहयोग गरेको बताए । मकवानपुरे पत्रकारको सवालमा अव पत्रकारलेले मकवानपुरको लागि दिर्घकालिन फाईदा पुग्ने खालका विकासको योजनाबारे कलम चलाउनुपर्ने बताए ।

मकवानपुरलाई दिर्घकालीन कुन योजनाहरुले फाईदा गर्छ भन्ने विषयमा पत्रकारको कलमहरु सकृय हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुँमागाईले निवर्तमान सांसदको सहयोगले आफुहरुलाई अझ हौसला मिलेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका प्रदाधिकारी तथा सदस्यहरु, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल लगाएतको उपस्थिती रहेको थियो ।