माघ २,भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले कारबाही गरेको छ ।दक्षिण अफ्रिकासँगको दोस्रो टेष्ट क्रिकेटमा कोहलीले रेफ्री माइकल गाउफलाई खेल भावना विपरित व्यवहार देखाएको पुष्टि गर्दै आइसिसीले कोहलीको दोस्रो टेष्टको पारिश्रमिकबाट २५ प्रतिशत जरिवाना तिराउने र कोहलीको १ अंक घटाउने निर्णय गरेको हो ।
पानी परेपछि भिजेको मैदानमा दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गरेकोमा बल भिजेर बलिङ गर्न समस्या भएको भन्दै कोहलीले रिसाएर बल भुँईमा फ्याकेका थिए ।
दोस्रो टेष्टको पहिलो पालीमा कोहोलीको १ सय ५३ रनको मद्धतमा भारतले पहिलो पालीमा ३ सय ७ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।