
हेटौँडा,१ माघ,
राखेप च्याम्पियनशिप अन्तर्गत हेटौडामा सुरु भएको राष्ट्रिय महिला तथा पुरुष हक्कि प्रतियोगिताको आजको खेलमा महिला तर्फ मध्यमान्चल र नेपाली सेना तथा पुरुष तर्फ नेपाली सेना र सुदुर पश्चिमान्चलले विजय सुरुवात गरेका छन ।
लिगकम नकआउटका आधारमा खेलाईएको पुरुष हक्किमा नेपाली सेनाले पूर्वान्चललाई ८–० गोलअन्तरले पराजित गरेकोछ । सेनाका तर्फवाट देवान सिंह धामीले ४,राम शाहले ३ र सत्यनारायण चौधरीले १ गोल गरेका छन् । यस्तै मध्यमान्चल र सुदुर पश्चिमान्चल विच भएको अर्को खेलमा सुदुर पश्चिमान्चल १–० गोलले विजयीभएको छ । सुदुर पश्चिमका लागि सुरेश प्रसाद जोशीले एक गोल गरेकाहुन ।
यता राउण्ड रोविनका आधारमा खेलाईएको महिला हक्किमा नेपाली सेनाले सुदर पश्चिमान्चललाई १–० गोलले पराजित गरेको छ । सेनाका तर्फवाट सरिता मेचेले एक गोल गरेकी हुन । यस्तै महिला तर्फ मध्यमान्चल र पूर्वान्चल वीच भएको अर्को खेलमा मध्यमान्चल विजयी भएको छ । मध्यमान्चलकी सिमा खड्काले गरेको एक मात्र गोल निर्णायक वनेको छ ।
खेलको उद्घाटन गर्नु हुदै हेटौडा उपमहानगरपालिकका उपप्रमुख मिना लामाले स्थानिय तहले पनि अव खेलकुद क्षेत्रलाई नयाँ ढंगवाट विकास गर्ने वताउनुभयो । हेटौडालाई देशकै नमूना खेलकुद क्षेत्र वनाउन नगरपालिकाले पहल गर्नेपनि वताउनु भएको छ ।
हक्की संघका केन्द्रीय उपाध्यक्ष मनिष झाको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमल्सिना, हक्की संघका केन्द्रीय सचिव रञ्जन थापालगायतले पछिल्लो समय नेपालमा हक्की खेलको विकास हुँदै गएको धारणा राखेका थिए । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) मैदानमा सुरु भएको १७ औं पुरुष तथा दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगिता यही ६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा ५ विकास क्षेत्र र नेपाली सेनाको टिम सहभागी रहेका छन् । यस प्रतियोगिता १३ औं साफ तथा १९ औं एसियन गेमको लागि छनौट समेत भएको आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।