नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे माग आज १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेको छ

हेटौड, ३० पुस

नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे माग आज १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । हेटौडा अस्पतालमा हातमा कालो पट्टी बाधेर एक घण्टा धर्ना कार्यक्रम भएको हो ।

‘अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्नुपर्ने, नीजि स्वाथ्य क्षेत्रमा कार्यरत नर्सहरुको तलव, भत्ता सेवा सुविधा नेपाल सरकारका नर्स सरह उपलब्ध गराइयोस्, भोलेन्टिएरको नाममा श्रम शोषण नगरियोस्, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्किासित नर्सिङ कर्मचारीलाई पुर्नवहाली गरियोस’ लगायतका ११ वटा माग सहित हेटौडामा पनि धर्ना कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल नर्सिङ संघको आव्हानमा देशभर नै जिल्लामा कार्यरत नर्सहरुले माग सहित विरोध कार्यक्रम गरिरहेको नर्सिङ संघ मकवानपुरका उपाध्यक्ष गंगा दाहालले बताउनुभयो ।

पहिलो चरणको कार्यक्रम अन्र्तगत ३ दिन कालोपट्टी बाधेर काम गरेको र दोस्रो चरण विहान १० बजेदेखि ११ बजेसम्म कालो पट्टी बाधेर धर्ना कार्यक्रम आज सकिएको संघका सचिव निर्मला ब्लोनले जानकारी दिनुभयो ।