गृह अन्तर्राष्ट्रिय सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा क्लोरिन ग्यास आक्रमण

सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा क्लोरिन ग्यास आक्रमण

सेयर गर्नुहोस्

पुस ३०,विद्रोहीले कब्जामा लिएको सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा क्लोरिन ग्यास आक्रमण भएको छ ।विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको केही क्षेत्रमा नै क्लोरिन ग्यास प्रहार भएको बताइएको छ । विषालु ग्यासका कारण ६ जनामा श्वासप्रश्वासको समस्या देखिए पनि ठूलो प्रभाव भने नपरेको बताइएको छ ।

 

 

सिरियामा गृहयुद्ध शुरु भएदेखि नै क्लोरिन ग्यासको हमला भएका घटना पटकपटक आउने गरेका छन् । युद्धका क्रममा रासायनिक हतियार प्रयोग नगरिएको दाबी सरकारी अधिकारीहरुले गरेका छन् ।

 

 

सन् २०१३ मा रुस समर्थित सरकारी सेनाले यो क्षेत्रको घेराबन्दी गर्दा चार लाख मानिस फसिरहेका छन् । यो महिनाको शुरुवातदेखि सो क्षेत्रमा मिसाइल र हवाई आक्रमण तीब्र हुँदा ८५ जना मारिएका छन् भने त्यहाँको सर्वसाधारण थप मारमा परेका छन् ।

 

 

मिसाइल आक्रमणका कारण दर्जनौं भवनहरुमा क्षती पुगेको छ । सिरियामा जारी गृहयुद्धका जारी कारण हजारौं मारिएका छन् भने लाखौं पलायन भएका छन् ।एजेन्सी