मकवानपुरको क्षेत्र नंबर १ बाट विजयी कृष्णप्रसाद दाहाल तथा क्षेत्र नंबर २ बाट विजयी बिरोध खतिवडा । तस्बिर : खबरब्रेक

हेटौँडा,३० पुस,
मकवानपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका एमालेका नेताहरु कृष्णप्रसाद दाहाल तथा बिरोध खतिवडा यो पटक केन्द्रीय मन्त्री बन्लान त ? भन्ने विषय अहिले मकवानपुरे राजनीतिमा निकै चर्चाको विषय बनेको छ ।

चार पटकसम्म सा.सद बनिसकेका एमाले केन्द्रीय सदस्य खतिवडा तथा तिन पटक सांसद भएका एमाले प्रदेश नंबर ३ सदस्य कृष्णप्रसाद दाहलले यो पटक मन्त्री पाउलान या पाउँदैनन् भन्ने विषयलाई चासोको रुपमा हेरिएको छ ।

मकवानपुरको राजनीतिमा कम्युनिष्टहरुको सधै पल्ला भारी रहेको अवस्थामा पनि हालसम्मको बहुदलीय राजनीतिक इतिहाँसमा मकवानपुरले एकजना पनि कम्युनिष्ट मन्त्री पाएको छ ।

२०४८ सालबाट मकवानपुरको राजनीतिमा अधिपत्य जमाउँदै आएका कम्युनिट कार्यकर्ताहरुले पटक पटक आफ्ना नेताहरुलाई सांसद बनाएर काठमाण्डौ पठाएपनि काठमाण्डौँले कहिल्यैपनि मकवानपुरलाई मन्त्री मण्डलको हैसियत प्रदान गरेन् । तर नयाँ नेपालको पहिलो जननिर्वाचित सांसदको रुपमा फेरी पनि मकवानपुरेले दुई वटै क्षेत्रबाट अनुभवि सांसदहरु चुनेका छन् । यो पटक मकवानपुरे कम्युनिष्ट कार्यकर्ताले मकवानपुरको प्रतिनिधित्वको आश पनि गरेका छन् ।

यस्तो छ बिरोध खतिवडा र कृष्ण दाहालको संभावना

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज समेत रहेका खतिवडालाई यो पटक प्रतिनिधिसभा निर्वाचनमा विजय हुँन कुनै समस्या परेन् । मकवानपुरको क्षेत्र नंबर २ बाट विजयी भएका खतिवडाले कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्ययलाई पराजित गरेका हुन् ।

जनमुखी राजनीतिको केन्द्रमा रहेको मकवानपुरको थाहा नगर समेत रहेको खतिवडाका क्षेत्रका वासीन्दाले यो पटक खतिवडालाई मन्त्री हेर्ने चाह ब्यक्त गरेका छन् । थाहा नगरपालिकालाई अन्तराष्ट्रिय पर्यटनको गन्तब्य बनाउनेदेखि पुरा क्षेत्रको विकासमा उनको योगदान रहने विश्वास समेत उक्त क्षेत्रका वासिन्दाको रहेको छ ।
चार पटक सांसद बनेका खतिवडाको यो पटक मन्त्री बन्ने संभावना उच्च रहेको एमाले श्रोतको दाबी रहेको छ । केन्द्रमा समेत राम्रो पहुँच बनाएका खतिवडालाई यो पटक मन्त्री बनाउनु पर्नेमा एमालेका केही उच्चस्तरीय नेताहरु लागेको समेतको श्रोतको दाबी रहेको छ ।
उता राप्रपाका केन्द्रीय अध्यक्षलाई पटक÷पटक पराजित गरेका र यो पटक पनि उनै थापालाई पराजित गरेका एमालेका प्रदेश नंबर ३ सदस्य कृष्ण प्रसाद दाहालको पनि मन्त्री बन्ने संभावना प्रवल रहेको बुmिभएको छ ।

थापाकोे गृह क्षेत्र रहेको पुर्वी मकवानपुरको अधिकांश स्थान र हेटौँडा उपमहानगरको अधिकांश भाग रहेको क्षेत्रमा पटक÷पटक उनै थापालाई पराजित गर्दै कम्युनिष्ट राजनीतिमा एकछत्र राज गरेका दाहाल पनि केन्द्रीय तहमा मन्त्री हुनुपर्ने भन्दै केहि उच्चस्तरीय नेताहरु लागिपरेको बताईएको छ ।

जनसंख्याको हिसाबमा उच्च रहेको पुर्वी मकवानपुको ठुलो समस्याको रुपमा रहेको चुरे क्षेत्र ब्यवस्थापनको लागि पनि उनी मन्त्री बन्नुपर्ने स्स्थानीयहरुको भनाई रहेको छ । प्रदेश नंबर २ को रौतहटबाट राजधानीसम्म जोडीएको भुगोलको विकासको लागि पनि दाहालको भूमिका महत्वपूर्ण हुनेमा स्थानीयहरुको विश्वास रहेको छ ।